ई-आर्थिक, काठमाडौं। नेपालमा कोरोना भाइरसका एक हजार ३२५ जना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज काठमाडौँ उपत्यकामा थप ७ सय ६७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना संक्रमित देखिएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ९ हजार ५८४ पीसीआर परीक्षण भएका छन् । अहिलेसम्म देशभरमा कुल ९ लाख १४ हजार २९० परीक्षण भइसकेको छ। हाल १७ हजार ४७८ जनामा संक्रमित सक्रिय रहेका छन् ।
यसैगरी आज थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो संख्या सँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या कुल ४११ पुगेको छ।