ई-आर्थिक, काठमाडौं । सोमबार कोरोना भाईरसका १३ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नयाँ संक्रमित थपिए सँगै नेपालमा कुल संक्रमित ७४ हजार ७४५ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा थप नयाँ ८ सय १७ कोरोना संक्रमित देखिएका छन् । मन्त्रालयको अनुसार सोमबार काठमाडौंमा ६४९ , ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो चौबीस घण्टामा १० हजार ८० वटा नमूना परीक्षण गरिएको हो । चौबीस घण्टामा ७४२ जना संक्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको सङ्ख्या ५४ हजार ६४० पुगेको छ ।
कोरोना संक्रमणमुक्त हुने दर ७३ प्रतिशत पुगेकाे छ । आइसोलेसनमा र सकृय संक्रमित १९ हजार ६२४ पुगेको छ । क्वारेन्टिनमा छ हजार ३१० जना छन् ।
त्यसैगरी पछिल्लो चौबीस घण्टामा ४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुने काेराेना संक्रमितकाे सङ्ख्या ४८१ पुगेकाे छ ।