२०८३ साउन १० आइतबार

नेपालमा कोरोना : काठमाडौं उपत्यकाका ६२ सहित थप ३७८ जनामा संक्रमण पुष्टि, कुल २२ हजार ५९२

ई आर्थिक    शनिबार, साउन २४ २०७७
6.3K
Shares
नेपालमा कोरोना : काठमाडौं उपत्यकाका ६२ सहित थप ३७८ जनामा संक्रमण पुष्टि, कुल २२ हजार ५९२

ई-आर्थिक, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा मात्रै ६२ जना सहित थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ५६ जना, ललितपुर र भक्तपुरका ३/३ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनामुक्त भएर घर फर्केका बताए ।

गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा मृत्यु भएका तीनजनामा संक्रमणको पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । हालसम्म १६ हजार ३१३ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij