ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाईरसका एक हजार २०७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नयाँ संक्रमित थपिए सँगै कुल संक्रमित ७१ ह्जार ८२१ पुगेको छ । जसमध्ये १८ हजार ३४१ जनामा सक्रिय रहेका छन्।
आज काठमाडौँ उपत्यकामा ७२४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । शनिबार काठमाडौँमा ५८३ जना, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जनामा संक्रमणा देखिएकाे हो।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार १९ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार २०७ जनामा संक्रमणको पुष्टि भएको छ ।
चौबीस घण्टामा एक हजार १४७ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५३ हजार १३ जना संक्रमित निको भइसकेका छन् ।
पछिल्लो चौबीस घण्टामा ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ४६७ पुगेकाे छ ।