२०८३ साउन १० आइतबार

सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका प्रमुखसहित दुई कर्मचारी ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

ई आर्थिक    शनिबार, साउन ९ २०८३
1.1K
Shares
सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका प्रमुखसहित दुई कर्मचारी ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुखसहित दुई जना कर्मचारी ७ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले डिभिजन प्रमुख (सिडिई) अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा विशेष टोली परिचालन गरिएको थियो।

टोलीले सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखको सरकारी क्वाटरबाट दुवै जनालाई ७ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

अख्तियारले पक्राउ परेकाहरूको साथबाट घुसबापत लिइएको ७ लाख ५० हजार रुपैयाँ, स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद तथा तीन थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij