२०८३ साउन १२ मंगलबार

नेपालमा कोरोना : काठमाडौं उपत्यकाका ३८ जना सहित थप २२४ जनामा संक्रमण पुष्टि, कुल १९ हजार ७७१

ई आर्थिक    शुक्रबार, साउन १६ २०७७
5.5K
Shares
नेपालमा कोरोना : काठमाडौं उपत्यकाका ३८ जना सहित थप २२४ जनामा संक्रमण पुष्टि, कुल १९ हजार ७७१

ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसका २२४ जना नयाँ संक्रमित भेटिएका छन्। नयाँ थपिएका संक्रमितसँगै नेपालमा कुल संख्या १९ हजार ७७१ पुगेको छ ।

यसदिन थपिएका मध्ये काठमाडौंका ३२ जना, ललितपुरका पाँच जना र भक्तपुरका एक जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ३१६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ७६८ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ ।

यस्तै, विगत २४ घण्टामा सोमबार थप १५१ जना डिस्चार्ज भएका छन्। यो सँगै कुल डिस्चार्ज संख्या १४ हजार ३९९ पुगेकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्य मापदण्ड पुरा नगर्दा स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिएकाे सरकारकाे ठहर रहेको जनाए। उनले  हालसम्म माक्स नलगाउने २ लाख जनालाइ कारबाही भएको पनि जानकारी दिए।

नयाँ संक्रमितको विवरण :

झापा : १३
मोरङ : १५
धनुषा : १
बारा : ४
सर्लाही : १
पर्सा : ४१
रौतहट : ३
बझाङ : २५
कैलाली : १५
काठमाडौं : ३२
नुवाकोट : २
ललितपुर : ५
नवलपरासी : २
मकवानपुर : १
दार्चुला : १६
कन्चनपुर : १८
सप्तरी : १
भक्तपुर : १
कास्की : ३
म्याग्दी : २
तनहुँ : १
गुल्मी : २
रुपन्देही : १
बाँके : १
दैलेख : २
दाङ : ३
बैतडी : १०
डोटी : ३

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij