२०८३ साउन १२ मंगलबार

समस्याग्रस्त सहकारीका ४८ बचतकर्तालाई १२ लाख रुपैयाँ फिर्ता

ई आर्थिक    शनिबार, साउन ९ २०८३
513
Shares
समस्याग्रस्त सहकारीका ४८ बचतकर्तालाई १२ लाख रुपैयाँ फिर्ता

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ४८ जना बचतकर्तालाई कुल १२ लाख रुपैयाँ बचत फिर्ता गरेको छ।

समितिले नेपाल सरकारबाट समस्याग्रस्त घोषणा भएका सहकारीहरूको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्दै बचतकर्ताको रकम चरणबद्ध रूपमा फिर्ता गर्दै आएको जनाएको छ।

समितिका अनुसार ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अपांगता भएका व्यक्ति तथा पाँच लाख रुपैयाँभन्दा बढी बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखी रकम फिर्ता गर्ने व्यवस्था छ। यस्ता बचतकर्तालाई एकपटकमा अधिकतम ५० प्रतिशतसम्म, तर ५० हजार रुपैयाँ ननाघ्ने गरी रकम उपलब्ध गराइन्छ।

यही प्राथमिकताअनुसार २०८३ साउन ८ गते कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका २ जना तथा पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका २ जना गरी कुल ४८ जना बचतकर्तालाई प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले रकम फिर्ता गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij