ई-आर्थिक, काठमाडौं । बिहीबार नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना संक्रमित थपिएका छन् । याेसँगै पछिल्लो २४ घण्टामा कुल संक्रमित संख्या ५९ हजार ५७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा दशहजार ६४१ वटा आरटी पीसीआर परीक्षण भएका छन् । याेसँगै नेपालमा कुल संक्रमित संख्या आठ लाख ८२ हजार ९१५ वटा आरटी पीसीआर परीक्षण भएका छन् ।
आज काठमाडौं उपत्यकामा थप ६१८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सक्रिय संक्रमित १६ हजार २४१ छन् । पछिल्लो २४ घण्टामा एक हजार २४३ जना संक्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेकाे छ ।
आइसोलेसनमा कुल १६ हजार २४१ पुगेको छ । क्वारेन्टिनमा सात हजार ८८३ जना छन् । देशभर १४२ जना आइसीयू र ३९ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएका छन् ।
पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३८३ पुगेको छ ।