ई-आर्थिक, काठमाडौं । नेपालमा बुधबार थप १५ सय ९९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये सकृया संक्रमित २० हजार ८९१ जना छन् ।
आज काठमाडाैं उपत्यकामा मात्रै ९०२ जना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका ६९७ जना , ललितपुरका ११२ जना र भक्तपुरका ९३ जना रहेका छन् ।
पछिल्लाे २४ घण्टामा १२ हजार ५०० वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल पीसीआर परीक्षण संख्या १० लाख २१ हजार ५०३ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप एक हजार ५७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४२८ जना पुगेको छ ।
यसैगरी नेपालमा होम आईसोलेसनमा १० हजार ८०४ जना छन्। संस्थागत आईसोलेसनमा १ हजार ८७ जना जना रहेका छन् ।
त्यस्तै आज थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । त्यसैगरी ३४ जना भेन्टिलेटरमाअकबरे खुर्सानी छन्।