२०८३ साउन ९ शनिबार

कोरोनाको संक्रमणबाट धनुषामा थप एकको मृत्यु, इलाममा पनि कोरोना संक्रमणको आशंकित एक युवकको मृत्यु

ई आर्थिक    सोमबार, भाद्र १ २०७७
7.4K
Shares
कोरोनाको संक्रमणबाट धनुषामा थप एकको मृत्यु, इलाममा पनि कोरोना संक्रमणको आशंकित एक युवकको मृत्यु

ई–आर्थिक, जनकपुरधाम । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको उनको साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएर आएको थियो ।

उनी जटिल किसिमको निमोनियाबाट ग्रसित थिए । पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो । योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ भने देशभर मृत्यु हुनेको संख्या १०५ पुगेको छ । पछिल्लो मृत्यु भने स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ ।

 इलाममा पनि कोरोना संक्रमणको आशंका गरिएका एक युवकको मृत्यु

यसैबीच इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक युवकको मृत्यु भएको हो । सूर्योदय नगरपालिका–९ का ती युवा भारतको हैदराबादबाट आएका थिए । उनी साउन २६ गते नेपाल आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनमा स्वास्थ्यमा समस्या भए पछि आइतबार बिहान १० बजेदेखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोली उनको उपचारमा खटिएको थियो । राति ११ः ५ बजे उनको मृत्यु भएको हो ।
मृतक कोरोना संक्रमित भएको आशंका गरिएको छ । उनको साउन २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि रिर्पोट आउन बाँकी रहेको छ । ती युवामा छाती दुख्ने, ज्वरो आउने र श्वास फेर्न समस्या हुँदै आएको थियो । रिपोर्ट आएपछि शव उठाउने तयारी भइरहेको बुझिएको छ ।

यो मृत्यु पनि कोरोनाका कारण भएमा देशभर मृत्यु हुनेको संख्या १०६ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij