ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुलुकका विभिन्न स्थानमा थप ५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मृत्यु हुने बीरगञ्जका रहेका छन् । त्यहाँ एक महिलासहित वीरगन्जमा थप ३ जनाको मृत्यु भएको छ ।
बीरगञ्जमा मृत्यु हुने मध्ये वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी सिराहाको भदैया–६ बस्ने ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत रहेकै अवस्थामा उनको मृत्यु भएको हो ।
त्यस्तै पाल्पामा कोरोना संक्रमित ३० वर्षीया महिलाको पनि मृत्यु भएको छ । तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत रहेकै अवस्थामा मृत्यु भएको हो ।
यीसँगै मुलुकभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०० पुगेको छ ।