ई–आर्थिक, काठमाडौं । उद्योगी तथा व्यवसायी अस्मिनकुमार राउतको आजै दाहसंस्कार आज दिउसो २ बजे गरिने भएको छ ।
टिचिङ अस्पताल महाराजगञ्जमा पोर्टमार्टम भइरहेको संभवत आजै २ बजे भित्रै दाहसंस्कार गरिने मृतकका भाई दिपक राउतले जानकारी दिए । उनका अनुसार हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गरिने छ ।
काठमाडौंको बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा आत्मदाहको प्रयास गरेका राउतको बीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
५० बर्षिय राउतका एक श्रीमती र एक छोरा रहेका छन् । श्रीमती र छोरासँगै बस्दै आएका राउतले कोही नभएको अवस्थामा शनिबार विहान ७ बजे आत्मदाहको प्रयास गरेका थिए ।
६० प्रतिशत जलेको अवस्थामा उनलाई उद्दार गरी अस्पताल पु¥याइएको थियो । दयनीय अवस्थामा राउतको बीर अस्पालमा उपचार हुँदा हुँदै उनको निधन भएको थियो ।

स्पाइनल कर्डसम्बन्धी रोगको उपचार गराएर भारतबाट केही समयअघि मात्रै र्किएका उनी बेड रेस्टुमा थिए ।
व्यापारमा आएको मन्दिले आर्थिक रुपमा तनाबमा रहेको र घरायशी विवादको कारण आत्मदाहको प्रयास गरेका भन्ने समाचार झुठो भएको परिवारले जानकारी दिएको छ ।
स्वास्थ्यमा राम्ररी सुधार नभए पछि उनी केही दिन अघिदेखि तनाबमा रहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
निर्माण व्यवसायी समेत रहेका राउतले लामो समयदेखि सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि सञ्चालन गर्दै आएका थिए ।
उनले दिब्यश्री ट्रेड कन्सर्न प्रालिका नामका व्यवसायिक संस्था पनि सञ्चालन गर्छन् । हेटौंडामा रहेको सुपर वायरले तार जाली उत्पादन गर्छ भने दिब्यश्री ट्रेड कन्सर्नले ‘निओन ब्राण्ड’का होम एप्लायन्सेसको नेपालका आधिकारिक विक्रेताका कार्य गर्दै आएको छ ।
सिराहको पक्किटोलमा समेत घर रहेका राउतको पुर्खौली उदयपुरसँग जोडिएको छ ।