२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना : उपत्यकामा थप नाैसहित १४७ जनामा संक्रमण पुष्टि , कुल संक्रमित १८ हजार २४१

ई आर्थिक    बिहिबार, साउन ८ २०७७
4K
Shares
नेपालमा कोरोना : उपत्यकामा थप नाैसहित १४७ जनामा संक्रमण पुष्टि , कुल संक्रमित १८ हजार २४१

ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोनाका १४७ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा २ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, आज संक्रमित हुनेमा धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, महोत्तरीका १, पर्वतका १, कास्कीका २, स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना रहेका छन् ।

यस्तै, आज १५६ जना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४० पुगेको छ । यस्तै, वीरगन्जका ७० वर्षीय एक पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij