ई-आर्थिक, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।
आज काठमाडौं उपत्यकामा ७११ जना नयाँ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ वटा आरटी पीसीआर परीक्षण भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४५ हजार २ सय ६७ जना पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।