२०८३ साउन १० आइतबार

नेपालमा कोरोना : उपत्यकामा ९ सहित १५० जना नयाँ संक्रमित थपिए, कुल १७ हजार ९९४

ई आर्थिक    मंगलबार, साउन ६ २०७७
3.9K
Shares
नेपालमा कोरोना : उपत्यकामा ९ सहित १५० जना नयाँ संक्रमित थपिए, कुल १७ हजार ९९४

ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोनाका १५० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १५० जना नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । उनका अनुसार २४ घन्टामा २७ वटा प्रयोगशालामा ३ हजार ९६३ परीक्षण भएका छन् । नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ संक्रमितको कुल सङ्ख्या १७ हजार ९९४  पुगेको छ ।

उपत्यकामा काठमाडौंमा ८ र ललितपुरमा १ गरी ९ जना थपिएका छन् । संक्रमित हुनेमा झापाका २, सर्लाहीका २, उदयपुरका ८, इलामका २, सप्तरीका १, मोरङका ३, धनुषाका २९, महोत्तरीका १३, पर्साका २, चितवनका ४, मकवानपुरका ५, काभ्रेपलाञ्चोकका १, रामेछापका २, चितवनका १, कैलालीका ४, काठमाडौंका ८, महोत्तरीका १, नुवाकोटका १, सर्लाहीका १, ललितपुरका १, गोरखाका ३, म्याग्दीका ३, स्याङ्जाका ३, बागलुङका ३, नवलपरासीका १, बाँकेका ३, दाङका ३, दैलेखका १०, सल्यानका २, डोटीका ४, बझाङका ४ र कञ्चनपुरका २० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ६०९ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ७७७ पुगेको छ । मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख २३ हजार ८३५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७०४ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ४७७ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij