ई-आर्थिक, काठमाडौं। सोमबार नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। हाल सकृय संक्रमितकाे संख्या ६ हजार ७३८ जना छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ हजार ४३२ वटा पीसीआर परीक्षण भएको छ। हालसम्म कुल पीसीआर परीक्षण संख्या ४ लाख ५२ हजार २३६ पुगेको मन्त्रालयले जनाएको छ। आईसोलेसनमा ६ हजार ७३८ जना छन् । त्यसैगरी, सोमबार थप १४० जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार पर्सा, राैतहट, महाेत्तरी र काठमाडाैंमा ५०० जना भन्दा धेरै काेराेना संक्रमित छन् ।
काेराेनाका कारण थप ४ जनाकाे मृत्यु भएको छ। काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७९ पुगेको छ। मृत्यु हुनेमा २ महिला र २ पुरूष छन् ।