२०८३ साउन ९ शनिबार

नेपालमा कोरोना : उपत्यकामा ३० सहित थप २९३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित १५ हजार ७८४

ई आर्थिक    आइतबार, असार २१ २०७७
6K
Shares
नेपालमा कोरोना : उपत्यकामा ३० सहित थप २९३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित १५ हजार ७८४

ई-आर्थिक, काठमाडौं। पछिल्लो २४ घण्टामा उपत्यकामा ३० सहित २९३ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छन् ।

योसँगै नेपालमा कुल संक्रमित १५ हजार ७८४ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

आज मात्रै काठमाडौं जिल्लामा २७, ललितपुरमा दुई र भक्तपुरमा एकजना संक्रमित भएका छन् । यस सँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३० पुगेको छ ।

त्यस्तै आज कन्चनपुरमा ३२, रौतहटमा २७, धनुषामा २७, बाजुरामा २०, सल्यानमा १५, कैलालीमा १४, कैलालीमा १३, झापामा २, पाँचथरमा १, ताप्लेजुङमा २, मोरङमा २, सिराहमा १, महोत्तरीमा १२, पर्सामा १, बैतडीमा ३, रौतहटमा २, सल्यानमा १, सर्लाहीमा ७, मकवानपुरमा १, अर्घाखाँचीमा ४, बाँकेमा १, बर्दियामा ५, नुवाकोटमा २, रामेछाप २, सिन्धुपाल्चोकमा २, इलाममा १, म्याग्दीमा १, धादिङमा १, बागलुङ १, तनहुँ २, कास्की २, लमजुङ १, गोरखा १, कपिलवस्तुमा २, नवलपरासीमा १, प्यूठान ११, रुपन्देही २, दैलेखमा २, सुर्खेतमा १०, स्याङ्जामा १, दैलेखमा ५, सुर्खेतमा २, रुकुम पश्चिममा ४, डडेलधुरामा ९, अछाममा १, बैतडीमा १ र डोटीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एकहजार २०३ जना रहेका छन् ।आज एकसय ३२ जना निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म छ हजार ५४७ डिस्चार्ज भैसकेका छन् ।

कुल संक्रमितमध्ये ४१.५० प्रतिशत संक्रमित कोरोना मुक्त भइसकेको प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै ढलमा भेटिएको कोरोना भाइरसको पहिचान भएपनि मानिसमा संक्रमण नसर्ने उनले बता।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij