ई–आर्थिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ हजार ४६१ जनाको पीसीआर परीक्षण भएकोमा एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
जसमध्ये काठमाडौं उपत्यकामा मात्रै २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।
मंगलबार थप ८५ जना डिस्चार्ज भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ। नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू दशहजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६ रहेका छन् ।
सातकाे मृत्यु, कुल संख्या ११४ पुग्याे
आज एक महिला सहित सात जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ११४ पुगेको छ ।