काठमाडौँ, असार २५ गते । पछिल्लो चौबीस घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।
बुधबार चौबिस घण्टामा २५५ जना नयाँ सङ्क्रमित थपिएको थियो । पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने बिरामीको संख्या घट्दै गएको छ ।
बिहीबार सुर्खेतमा १८ जना, बझाङमा १६ जना, कैलालीमा ८ जना, दाङमा ७ जना, काठमाडौ र लमजुङमा ५/५ जना, सिराहा, चितवन, कास्की र अछाममा ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बागलुङ र दैलेखमा ३/३ जना, सप्तरी, धनुषा, म्याग्दी, गोरखा, बाँके, डोटी, मुगु, बाजुरा, कञ्चनपुरमा २/२ जना, सुनसरी, झापा, नुवाकोट, सर्लाही, मकवानपुर, सिन्धुपाल्चोक, तनहुँ, पूर्व नवलपरासी र दार्चुलामा १/१ जनामा संक्रमण भएको छ ।
बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म कुल ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।
हाल नेपालमा विभिन्न जिल्लाका क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने कोरोना संक्रमण भई विभिन्न आइसोलेसन सेन्टरमा ८ हजार ६०५ जना उपचाररत छन् । नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।