काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ६० रुपैयाँले वृद्धि भई ४ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको महासंघले जनाएको छ।