पर्सा । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा शनिबार राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त क्षेत्रमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा बगैचाभित्र घाँसमा लुकाइछिपाइ राखिएको १३ वटा पोकाबाट कुल १४० किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार गाँजा कसले लुकाएर राखेको हो भन्ने विषय खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।