२०८३ साउन ९ शनिबार

काठमाडाैं उपत्यकाका १५३१ सहित देशभर २४४० जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

ई आर्थिक    सोमबार, असोज १९ २०७७
4.8K
Shares
काठमाडाैं उपत्यकाका १५३१ सहित देशभर २४४० जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

ई-आर्थिक, काठमाडौं । सोमबार नेपालमा थप २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडाैं उपत्यकामा मात्रै १५ सय ३१ जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा कुल संक्रमित संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जनामा संक्रमण देखिएको हो ।

हाल सकिृया संक्रमित २३ हजार ५०७ जना रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७८१ वटा पीसीआर परीक्षण भएको छ। कुल पीसीआर परीक्षण संख्या १० लाख ८८ हजार २२९ पुगेको छ।

आज थप एक हजार १३३ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। होम आईसोलेसनमा १२ हजार ३१६ जना संक्रमित छन् भने संस्थागत आईसोलेसनमा ११ हजार १९१ जना संक्रमित रहेका छन् । संक्रमित मध्ये ७३ प्रतिशत निको भएका छन्।

क्वारेन्टिनमा ४ हजार ३०२ जना रहेका छन् ।आईसीयूमा २४४ जना संक्रमित रहेका छन् । भेन्टिलेटरमा ४३ जना रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij