२०८३ साउन ९ शनिबार

तेहरानको स्वास्थ्य क्लिनिकमा विस्फोट, १९ जनाको मृत्यु

ई आर्थिक    बुधबार, असार १७ २०७७
4.4K
Shares
तेहरानको स्वास्थ्य क्लिनिकमा विस्फोट, १९ जनाको मृत्यु

तेहरान, असार १७ गते । इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो विस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरूमा १५ जना पुरुष र चार जना महिला रहेका छन् । प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर विस्फोट भएकाे पाइएको छ ।

प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अरु घाइतेको उद्धार गरी अस्पताल लगेका थिए । उक्त घटनामा कुनै असामाजिक तत्त्वकाे संलग्नता रहे/नरहेको बारेमा प्रहरीले अनुसन्धान पनि शुरु गरेको जनाएको छ ।

-रासस / एएनआई

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij