२०८३ साउन १० आइतबार

रवि लामिछानेलाई तीनवटा कसुरमा मुद्दा दर्ता, के के मा भयो मुद्दा दर्ता ?

ई आर्थिक    आइतबार, पौस ७ २०८१
4.2K
Shares
रवि लामिछानेलाई तीनवटा कसुरमा मुद्दा दर्ता, के के मा भयो मुद्दा दर्ता ?

ई-आर्थिक, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता गरिएको छ । लामिछानेलाई सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो  ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा तीनवटा कसुरमा मुद्दा दायर गरिएको हो  ।

लामिछानेसँगै कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोश लगायत पाँचजनाविरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा लगिएको हो ।

सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानमा हिरासतमा रहेका लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्न लागिएको थियो। आज रास्वपा सभापति रवि लामिछानेविरुद्ध  जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि जिल्ला अदालत कास्कीमा लगिएको हो  । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार बिहान अभियोगपत्र अदालत पठाएको थियो  ।

लामिछानेसहित आरोपीहरू पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो । प्रहरीले रवि लामिछाने ३ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको हो ।

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएका लामिछाने त्यस यता प्रहरी हिरासतमा छन्। उनलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको थियो ।

रविलाई सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख  रूपैयाँ जरिबानासहित बिगो दाबी

रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणविरुद्धमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ जरिबानासहित बिगो दाबी गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ ।

 

 

 

रवि लामिछानेलाई मुद्दा दर्ताका लागि कास्की अदालतमा लगियो

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij