२०८३ साउन ११ सोमबार

रवि लामिछानेलाई मुद्दा दर्ताका लागि कास्की अदालतमा लगियो

ई आर्थिक    आइतबार, पौस ७ २०८१
5K
Shares
रवि लामिछानेलाई मुद्दा दर्ताका लागि कास्की अदालतमा लगियो

ई-आर्थिक, कास्की । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्न लागिएको छ ।  आज  रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ ।

रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि जिल्ला अदालत कास्कीमा लगिएको हो  । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार बिहान अभियोगपत्र अदालत पठाएको छ ।  अभियोगपत्र दर्ता हुने प्रक्रिया सुरु भएको छ ।

लामिछाने लाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गर्न अदालतमा उपस्थित गराइएको हो।

लामिछानेसहित आरोपीहरू पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई पनि अदालतमा उपस्थित गराइएको छ । अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले बताएको छ ।

कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो । अनुसन्धानको क्रममा हालसम्म १४ जना पक्राउ परिसकेका छन् भने अन्यलाई फरार प्रतिवादीका रूपमा सूचीबद्ध गर्न सिफारिस गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले रवि लामिछाने ३ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको हो ।

गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएका लामिछाने त्यस यता प्रहरी हिरासतमा छन्। उनलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको छ ।

अनुसन्धानका लागि रवि लामिछानेलाई थप चार दिन हिरासतमै राखिने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij