२०८३ साउन ९ शनिबार

क्रिप्टो करेन्सी कारोबारी विशाल सिमेन्टका पूर्वसञ्चालक श्रेष्ठ पुर्पक्षका लागि थुनामा

ई आर्थिक    बुधबार, साउन २५ २०७९
6.4K
Shares
क्रिप्टो करेन्सी कारोबारी विशाल सिमेन्टका पूर्वसञ्चालक श्रेष्ठ पुर्पक्षका लागि थुनामा

ई–आर्थिक, काठमाडौं । क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौँले न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

उक्त कारोबार गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठविरुद्ध ४८ करोड बढी बिगो माग दाबीसहित मुद्दा दायर भएको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको एक समूहले गत असार २९ गते श्रेष्ठलाई काठमाडौँबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठले हुण्डीमार्फत विदेशमा रकम पठाएको पत्ता लागेको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा ९१० र ९२० बमोजिमको कसुर गरेको उल्लेख गर्दै श्रेष्ठविरुद्ध बिगोको तीन गुणसम्म जरिवाना र सात वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्णरूपमा गैरकानुनी रहेको उल्लेख गर्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij