२०८३ साउन ९ शनिबार

क्रिप्टो करेन्सी कारोबारमा राष्ट्र बैंक थप आक्रमक, बैंकहरूसँग माग्यो ७ लाख रुपैयाँभन्दा बढी कारोबारको विवरण

ई आर्थिक    शुक्रबार, माघ २१ २०७८
2.8K
Shares
क्रिप्टो करेन्सी कारोबारमा राष्ट्र बैंक थप आक्रमक, बैंकहरूसँग माग्यो ७ लाख रुपैयाँभन्दा बढी कारोबारको विवरण

ई–आर्थिक, काठमाडौं । क्रिप्टो करेन्सी कारोबारमा नेपाल राष्ट्र बैंक थप आक्रमक भएको छ । राष्ट्र बैंकले विभिन्न बैंकसँग ७ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबार भएको विवरण मागेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सबै बैंकहरूलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागअन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणका ’दयगतमा स्थलगत निरीक्षण गर्ने क्रममा अहिले यस्तो नयाँ निर्देशन गरेको हो । सो इकाइले अनुसन्धान गर्नका लागि भन्दै यस्तो विवरण उपलब्ध गराउन विभिन्न २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकको बैंक सुरपरिवेक्षण विभागका निर्देशक रोशनकुमार सिग्देलले ढाँचासहित पत्राचार गरेर यस्तो विवरण उपलब्ध गराउन भनिएको बताए । विभागका अनुसार अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न पाइँदैन । १० लाखभन्दा कम रकम भने नगदमै कारोबार गर्न पाउने व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्र बैंकले ७ लाखकै सीमा तोकेर विवरण माग्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

पछिल्लो समय भर्चुअल करेन्सीमा लगानी नगर्न राष्ट्र बैंकले सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई चेतावनी दिँदै आएको छ । क्रिप्टोकरेन्सी जस्ता भर्चुअल कारोबार अवैध रहेको भन्दै राष्ट्र बैंकले यस्तो विषयमा कडा निगरानी गरिरहेको छ । भर्चुअल करेन्सीका विषयमा पनि अनुसन्धान गर्न सहज होस् भनेर अहिले ७ लाख रुपैयाँको विवरण माग गरिएको हुन सक्ने सम्बन्धित बैंकर्स तथा सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij