२०८३ साउन ९ शनिबार

बीरगञ्जबाट जनकपुर जाँदै गरेको यात्रुबाहक बस पुलबाट खस्दा ४ जनाको मृत्यु, ३० जना घाइते

ई आर्थिक    आइतबार, चैत्र १३ २०७८
2.2K
Shares
बीरगञ्जबाट जनकपुर जाँदै गरेको यात्रुबाहक बस पुलबाट खस्दा ४ जनाको मृत्यु, ३० जना घाइते

ई–आर्थिक, सर्लाही । बीरगञ्जबाट जनकपुर जाँदै गरेको यात्रुबाहक बस पुलबाट खस्दा ४ जनाको मृत्यु भएको छ । सर्लाहीमा भएको उक्त बस दुर्घटनामा परी ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ना ४ ख ८५५५ नम्बरको बस आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत फुलजोर खोलास्थित पुलको बार भत्काउँदै खसेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृत्यु हुनेहरुको सनाखत भएको छैन। दुर्घटनामा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको आशंका छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij