२०८३ साउन १० आइतबार

जर्मनीमा रेल दुर्घटना : चार जनाको मृत्यु, ३० जना घाइते

ई आर्थिक    शनिबार, जेष्ठ २१ २०७९
3.2K
Shares
जर्मनीमा रेल दुर्घटना : चार जनाको मृत्यु, ३० जना घाइते

ई–आर्थिक, काठमाडौं । जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना भएको छ । उक्त रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस–पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन् । दुर्घटना स्थानीय समयअनुसार शुक्रबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij