२०८३ साउन १० आइतबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको छानविन गरिने, छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन

ई आर्थिक    बुधबार, माघ २६ २०७८
9.2K
Shares
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको छानविन गरिने, छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन

ई–आर्थिक, काठमाडौँ । पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिको छानबिनका लागि सङ्घीय संसद्ले समिति गठन गरेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मूल्यवृद्धि छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन गरेको हो ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको सभापति निरादेवी जैरुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निरन्तरको मूल्यवृद्धि मात्र विकल्प जस्तो भएको छ । सरकारले उपभोक्तालाई कसरी राहत दिनसक्छ रु मूल्यवृद्धिलाई नियन्त्रण गर्ने वैकल्पिक उपाय के हुनसक्छ रु भन्ने समेतको सुझाव दिनेगरी उपसमिति गठन भएको छ।’

उपसमितिमा खेमप्रसाद लोहनी र लक्ष्मी परियार सदस्य हुनुहुन्छ । उपसमितिलाई मूल्यवृद्धिको वैकल्पिक व्यवस्था र सरकारले जनतालाई दिनसक्ने राहतको समेत अध्ययन र सिफारिसको क्षेत्राधिकार दिइएको छ । यसअघि पनि संसदीय समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा छानबिन समिति गठन भएका थिए । सार्वजनिक लेखा समितिले तत्कालीन सदस्य उषा गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

सांसद र उपभोक्ता अधिकारकर्मीसमेत सम्मिलित उक्त उपसमितिले दिएको स्वचालित मूल्यको सिफारिस भने कार्यान्वयन भएको थियो । पेट्रोलिय पदार्थको अन्वेषण, उपभोक्तालाई दिने राहतलगायतका विषय भने प्रभावकारी कार्यान्वयन भएका छैनन् ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर उच्च विन्दुमा पुगिरहेको छ । पछिल्लो पटक भएको मूल्य समायोजनअनुसार पेट्रोल प्रतिलिटर १४२ रुपियाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको भाउ १२५ रुपियाँ कायम छ । समितिमा सदस्यहरूले खानी अन्वेषणमा सरकारका काम अघि बढाउनुपर्ने, मूल्यवृद्धिको मारमा रहेको उपभोक्तालाई राहतको व्यवस्था गर्नुपर्ने, विद्युत् खपतको भरपर्दो योजना अघि सार्नुपर्ने सुझाव दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij