ई–आर्थिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गरेको छन् । प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन समेत दिएका छन् ।
उनले बुधबार उद्योग बाणिज्य तथा आपूर्ति सचिवलाई तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आएकाले नागरिकले अनुभूति पाउने गरि पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका हुन् ।