२०८३ साउन ९ शनिबार

काठमाडौं उपत्यकामा १४ सय १६ सहित देशभर दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि , २२ जनाको मृत्यु

ई आर्थिक    आइतबार, असोज २५ २०७७
3.8K
Shares
काठमाडौं उपत्यकामा १४ सय १६ सहित देशभर दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि , २२ जनाको मृत्यु

ई-आर्थिक, काठमाडौं ।आइतबार नेपालमा कोरोना भाइरसका दुई हजार ७१ संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा देशभर दुई हजार ७१ जना कोरोना संक्रमित थपिएसँगै कुल संख्या एक लाख सातहजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यीमध्ये सक्रिय संक्रमित ३३ हजार ३१५ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ पीसीआर परीक्षण भएका छन् । आज एक हजार ५५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७५ हजार ८०४ संक्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय १६ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो चौबीस घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij