ई–आर्थिक, काठमाडौं । भारतको मुम्बई शहरको दुई अलग अलग स्थानमा भवन र पर्खाल भत्किँदा कम्तीमा २२ जनाले ज्यान गुमाएका छन् ।
भारतको आर्थिक राजधानी मुम्बईको बिक्रोली र चेमबुर क्षेत्रमा उक्त घटना भएको थियो ।
समाचार संस्था एएनआईका अनुसार भरतनगर क्षेत्रको चेमबुरमा १७ जनाको मृत्यु भएको छ । भूस्खलनपछि पर्खाल भत्किँदा वरिपरिका मानिस चेपिन पुग्दा मृत्युको घटना भएको बृहणमुम्बई नगर निगमले जनाएको एएनआईको समाचारमा उल्लेख छ ।
त्यसैगरी, भिक्रोलीमा समेत यसै प्रकृतिको घटनामा पाँच जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।