२०८३ भाद्र २८ आइतबार

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ४ हजार ३०० रुपैयाँ घट्यो

ई आर्थिक    मंगलबार, साउन १२ २०८३
1.6K
Shares
सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ४ हजार ३०० रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा लगातार दुई दिन बढेको सुनको मूल्य मंगलबार भने उच्च दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेर २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको थियो भने सोमबार पनि १ हजार ४०० रुपैयाँले वृद्धि भएको थियो। त्यससँगै सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि दैनिक रूपमा मूल्य समायोजन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij