कुन जिल्लामा कति संक्रमित
ई–आर्थिक, काठमाडौं । नेपालमा आज बुधवार पनि ४८२ कोरोना संक्रमित थपिएका छन् । आज थपिएर संक्रमितको जम्मा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो तथ्यांकको जानकारी दिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार गएको २४ घन्टामा संक्रमित हुनेमा झापाका २१, सिरहाका २, सनुसरीका १, इलामका २, मोरङका ३, ताप्लेजुङका १, धनुषाका २१, महोत्तरीका ३६, पर्साका १, अछामका ६०, बझाङका १८, बाजुराका ७, गोरखाका २, कैलालीका २७, कञ्चनपुरका १०, पर्वतका १, काठमाडौंका १०, गोरखाका १, चितवनका १२, नवलपरासी पूर्वका ११ र बाराका १ जना रहेका छन् ।
त्यसैगरी भक्तपुरका २, ललितपुरका ५, डोटीका ७, अछामका ६६, बाजुराका १८, डोटीका ११, बागलुङका ३, स्याङ्जाका ९, तनहुँका १, कास्कीका ३, लमजुङका १०, अर्घाखाँचीका १, गुल्मीका ८, नवलपरासीका १, पाल्पाका २, बाँकेका ११, बर्दियाका ११, दैलेखका २, कालिकोटका २, सल्यानका १५, सुर्खेतका २२, दाङका २, बाजुराका १८, जुम्लाका १ र बतैडीका १ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
बुधबार थपिएका संक्रमितहरुमध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् । मन्त्रालयका अनुसार हालसम्म निको हुनेको ४ हजार ६ सय ५६ रहेको छ ।
त्यस्तै बुधबारसम्म नेपालमा आरडीटी विधिबाट ३ लाख ६२० नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख ३२ हजार २२७ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा जम्मा ४ हजार ८८६ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४८ हजार ३६२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ३६० जना रहेको छ ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३० रहेको छ ।