२०८३ साउन ९ शनिबार

आज फेरि बढे कोरोना संक्रमित, ५३५ जना थपिएर ९ हजार ५२६ पुगे

ई आर्थिक    सोमबार, असार ८ २०७७
6.3K
Shares
आज फेरि बढे कोरोना संक्रमित, ५३५ जना थपिएर ९ हजार ५२६ पुगे

ई–आर्थिक, काठमाडौं । नेपालमा आज फेरि कोरोनाका संक्रमित बढेको छन् । आज ५३५ नयाँ संक्रमित थपिएर ९ हजार ५२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

गएको दुई दिन लगातार घट्दै आएको कोरोना संक्रमितको संख्या हिजो र आज भने बढेको छन् । अघिल्लो दिनको तुलनामा आज ११४ जना थपिएका छन् । आज थपिएका ५३५ मध्ये ७४ महिला र ४ सय ६१ पुरुष रहेका छन् ।

रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा २ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा। गौतमले बताए ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा १ सय ३ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ ।

आज पीसीआर विधिबाट ६ हजार १ सय ९८ जनाको परीक्षण भएको छ । आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आरडिटी विधिबाट आज ५ हजार ९ सय २९ गररी २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना रहेका छन् । ७ हजार ७ सय ८९ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । अहिलेसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij