आज पनि उल्लेख्य कोरोना संक्रमित थपिन सक्ने
ई–आर्थिक, चितवन । कोरोना संक्रमित एक बृद्धको चितवनमा मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८बर्षिय पुरुषको मृत्युु भएको हो ।
नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ मात्र सारिएका ती बृद्धको मंगलबार बिहान ७ बजेर ६ मिनेटमा मृत्युु भएको अस्पतालले जनाएको छ ।
हाले मृतकको शव भरतपुर अस्पतालको आईसीयूमै रहेको छ । यी बद्धको मृत्युसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । अस्पतालले उनको मृत्यु कारोना कारणले भएको जानकारी दिए पनि नेपाल सरकारले आधिकारिक पुष्टि गरेको छ्रैन् ।
यसैबीच आजपनि उल्लेख्य कोरोना संक्रमित थपिने अनुमान गरिएको छ । विहानै देखि देशका विभिन्न स्थानबाट कोरोना संक्रमण पुष्टिका खबरहरु प्राप्त भइरहेका छन् । त्यसैले आज पनि उल्लेख्य कोरोना संक्रमित बढ्ने आशंका गरिएको छ ।