२०८३ साउन ९ शनिबार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो, पछिल्लो २४ घण्टामा २४६ को मृत्यु, ८,१७३ संक्रमित

ई आर्थिक    बुधबार, जेष्ठ ५ २०७८
4.8K
Shares
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो, पछिल्लो २४ घण्टामा २४६ को मृत्यु, ८,१७३ संक्रमित

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एकै दिन २४६ जनाले ज्यान गुमाएका छन् । यो संख्या हालसम्म मध्येकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएको मन्त्रालयको भनाई छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,९८९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना रहेको बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij