ई–आर्थिक, काठमाडौं। सञ्चारमन्त्री तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिएका छन् । मन्त्री बाँस्कोटाले आफूले नैतिकताका आधारमा राजीनामा दिएकाे बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले नैतिकतामा आधारमा राजीनामा दिएकाे प्रस्ट्याएका हुन् ।
मन्त्री बाँस्कोटाले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको आफ्नो आधिकारिक फेसबुक पेज तथा ट्वीटर हाण्डल मार्फत् सो जानकारी दिएका छन् ।
‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’ बाँस्कोटाको आधिकारिक फेसबुक तथा ट्वीटर हाण्डलमा उल्लेख छ ।

मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 20, 2020