२०८३ साउन ९ शनिबार

ओली–प्रचण्डबीच भेटवार्तामा सञ्चारमन्त्रीको अडियो प्रकरणबारे छलफल, मन्त्री बाँस्कोटाले राजीनामा दिने

ई आर्थिक    बिहिबार, फाल्गुन ८ २०७६
8.1K
Shares
ओली–प्रचण्डबीच भेटवार्तामा सञ्चारमन्त्रीको अडियो प्रकरणबारे छलफल, मन्त्री बाँस्कोटाले राजीनामा दिने

सञ्चारमन्त्रीलाई बर्खास्त गरेर अनुसन्धान गर्न काँग्रेसको माग

ई–आर्थिक, काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बार्गेनिङ सम्बन्धि अडियो सार्वजानिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको समाचार स्रोतले जानकारी दिएको छ ।

मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने सम्बन्धमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ । बाँस्कोटा यतिवेला विभिन्न कार्यक्रमको शिलशिलामा सुदुरपश्चिममा रहेका छन् । उनी विहीवार नै काठमाडौं फर्कनेछन् । फर्किएपछि उनलाई यसबारेमा सोधिने र राजीनामाको दबाब दिन लगाउने सम्मको तयारी भइरहेको स्रोतले दाबी गरेको छ ।

सञ्चारमन्त्रीलाई बर्खास्त गरेर अनुसन्धान गर्न काँग्रेसको माग

यसबैबीच सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका मन्त्री बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो ।

‘सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रेस खरिद अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन पनि शर्माले प्रधानमन्त्री केपी शर्मालाई विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij