ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफुलाई राजीनामा गर्न दबाब आएको खुलासा गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै मेयर साहले आफूलाई राजिनामाका लागि दबाब आएको खुलासा गरेका हुन् ।
आफूलाई राजीनामाको दबाब दिन व्यक्तीको बारेमा भने उनले केही खुलाएनन् । तर आफुलाई जबर्जस्ती राजिनामा गराउन खोजिएको उनको आरोप छ ।
काम गर्न खोज्ने मान्छेलाई यसरी राजीनामा गराउन दबाब दिएपछि उनले निराश हुदै देश कहिल्यै नबन्ने ठोकुवा पनि गरेका छन् ।
