२०८३ साउन ९ शनिबार

ग्याँस सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा घाइते, गम्भीर अवस्थामा किर्तीपुर अस्पतालमा उपचार हुँदै

ई आर्थिक    बिहिबार, फाल्गुन ४ २०७९
6.3K
Shares
ग्याँस सिलिण्डर विष्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा घाइते, गम्भीर अवस्थामा किर्तीपुर अस्पतालमा उपचार हुँदै

ई–आर्थिक, काठमाडौं । ग्याँस सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी घाइते भएका छन् । सिलिण्डर बिस्फोटबाट नेता भण्डारीसँगै उनकी ८६ वर्षीया आमा पनि घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।

राति खाना खाएर सुतेको बेला सिलिण्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनको पारिवारीक स्रोतले बतायो । उनीहरु दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

गएराति नै भण्डारीलाई भेट्न कीर्तिपुरस्थित अस्पताल पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उनीहरुको अवस्था गम्भीर रहेको सामाजिक सन्जालमा लेखेका छन् ।

चन्द्र भण्डारीको शरीरको करिब २५ प्रतिशत र उहाँकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको भण्डारीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij