२०८३ साउन १४ बिहिबार

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, आइतवारसम्म ६२.५२ गुणा आवेदन

ई आर्थिक    सोमबार, असार २१ २०७८
5.5K
Shares
मनकामना स्मार्ट लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, आइतवारसम्म ६२.५२ गुणा आवेदन

ई–आर्थिक, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा आवेदन दिन आज असार २१ गते अन्तिम दिन रहेको छ । यो लघुवित्तको सेयरमा आइतवार वेलुकासम्म ६२.५२ गुणा भन्दा बढीको आवेदन परेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतवार साँझ ६ बजेसम्ममा १७ लाख २५ हजार ६ सय ७८ जना आवेदकले सेयर खरिदका लागि आवेदन दिएका छन् । उक्त आवेदनबाट २ करोड २७ लाख २६ हजार ८ सय ९० कित्ताको लागि आवेदन परेको हो । जुन माग गरिएको भन्दा ६२.५२ गुणा बढी हो ।

सर्वसाधारणको उच्च आकर्षण देखिएको सो लघुवित्तको आइपिओ बिक्री खुला भएको दुई दिनमै १० लाख बढीले आवेदन दिएका छन् । दोस्रो दिनको बिहान साढे १० बजेसम्म तथ्यांक अनुसार नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको थियो ।

क्यापिटलका अनुसार उक्त आवेदनबाट एक करोड ३३ लाख ४७ हजार २२० कित्ता शेयर माग भएको छ । जुन संस्थाले सर्वसाधारणका लागि माग गरेको भन्दा ३९.६७ गुणा बढी थियो । संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता शेयर मात्रै बिक्री गरेको हो । बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आइपिओमा आज असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

तीन करोड ८९ लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए । उनका अनुसार प्रतिकित्ता १०० अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण शेयर बिक्री खुला भएको छ । यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

शेयर इच्छुक लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले संस्थालाई गत असार ६ गते मात्रै सो मात्राको शेयर जारी गर्न स्वीकृति दिएको थियो । संस्थाले बोर्डले स्वीकृति दिएको ११ दिनको अवधिमै शेयर निष्काशन तथा बिक्री खुलाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij