२०८३ असोज २ शुक्रबार

मनकामना स्मार्ट लघुवित्तको साधारण सभाले समता घरेलु लघुवित्तसँग प्राप्ति हुने प्रस्ताव पारित

ई आर्थिक    शनिबार, बैशाख १ २०८१
6.6K
Shares
मनकामना स्मार्ट लघुवित्तको साधारण सभाले समता घरेलु लघुवित्तसँग प्राप्ति हुने प्रस्ताव पारित

ई–आर्थिक, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको सिद्धार्थनगर-६ स्थित होटल पौवामा बिहीवार सभा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

त्यस्तै सभाले समता घरेलु लघुवित्तसँग प्राप्ति हुने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय सिद्धार्थ नगरपालिका-५, रुपन्देहीमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij