काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा ५० अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार उक्त अवधिमा कम्पनीहरूले कुल ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन्।
व्यवसायको आकारका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३ लाख ३६ हजार २ वटा बीमालेख जारी गर्दै ६ अर्ब ५१ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) दोस्रो स्थानमा रहेको छ। कम्पनीले २ लाख ६९ हजार ९९८ वटा बीमालेखमार्फत ५ अर्ब ४२ करोड रुपैयाँको व्यवसाय गरेको छ। तेस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने ३ लाख ५५ हजार ५०८ बीमालेख जारी गर्दै ५ अर्ब ३७ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ।
बीमा प्राधिकरणको विवरणअनुसार आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ लाख ३७ हजार ७०८ बीमालेखमार्फत ४ अर्ब ५५ करोड रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ७० हजार ६७९ बीमालेखबाट ४ अर्ब ३१ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २ लाख २३ हजार ९११ बीमालेखमार्फत ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्।
यस्तै, नेको इन्स्योरेन्सले ३ लाख ५ हजार ९८२ बीमालेख जारी गरी ३ अर्ब ६५ करोड रुपैयाँको व्यवसाय गरेको छ। दि ओरियन्टल इन्स्योरेन्सले ४८ हजार ९४६ बीमालेखबाट ३ अर्ब २५ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाख १९ हजार ५२६ बीमालेखबाट ३ अर्ब ११ करोड रुपैयाँ र सानिमा जिआईसीले १ लाख २८ हजार २०३ बीमालेखबाट ३ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्।
अन्य कम्पनीतर्फ नेपाल इन्स्योरेन्सले १ लाख ९६ हजार ४९० बीमालेखमार्फत २ अर्ब २१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ लाख १४ हजार ६१३ बीमालेखबाट २ अर्ब २ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ३१ हजार ६८७ बीमालेखमार्फत १ अर्ब ५८ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले २६ हजार ९४२ बीमालेखबाट १ अर्ब २९ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।
समग्रमा, गत आर्थिक वर्ष निर्जीवन बीमा क्षेत्रले उल्लेख्य कारोबार विस्तार गर्दै ५० अर्ब रुपैयाँभन्दा माथिको बीमा शुल्क संकलन गर्न सफल भएको देखिएको छ।