काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्।
सुनसरीमा घटेको पछिल्लो घटनापछिको विकसित परिस्थितिबारे देशवासीलाई जानकारी गराउन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधन आजै हुने तय भएको छ भने त्यसको तयारी अन्तिम चरणमा पुगेको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाहले सुनसरी घटनापछिको समग्र अवस्था, सरकारका आगामी कदम तथा देशवासीलाई सम्बोधन गर्दै आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
हाल सम्बोधनको तयारी भइरहेको जनाइएको छ।