२०८३ साउन १४ बिहिबार

बैङ्किङ कसुर मुद्दामा प्रभु बैंकको उच्च पदमा कार्यरत रश्मी पन्तलगायत चार फरार प्रतिवादी पक्राउ

ई आर्थिक    बिहिबार, साउन १४ २०८३
190
Shares
बैङ्किङ कसुर मुद्दामा प्रभु बैंकको उच्च पदमा कार्यरत रश्मी पन्तलगायत चार फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको पत्रका आधारमा बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत दर्ता भएको मुद्दामा फरार रहेका चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार शशिधर शर्मासमेत प्रतिवादी रहेको उक्त मुद्दामा संलग्न चार जनालाई बिहीबार विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा प्रभु बैङ्कका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित चार जना रहेका छन् । पन्त बैतडीकी हुन् भने पक्राउ पर्ने अन्यमा गुल्मीका सन्तोष ज्ञवाली, राजेन्द्र श्रेष्ठ तथा रूपन्देहीका शिशिर पौडेल रहेका छन्।

प्रहरीले पक्राउ परेका चारै जनामाथि थप कानुनी प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij