ई–आर्थिक, काठमाडौं । गएको २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि संबिधानअनुसार स्वतः पदमुक्त बनेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्रीमा नियुूक्त हुने संभाबना देखिएको छ । प्रतिपक्ष दलहरुको बैकल्पिक सरकार निर्माण हुने संभाबना लगभग समाप्त भएकाले यस्तो परिस्थिति निर्माण भएको हो । ओलीलाई आगामी शुक्रबार नै प्रधानमन्त्रीमा सपथ गराउन राष्ट्रपति कार्यालयले तयारी थालेको स्रोतले जानकारी दिएको छ । भोली बिहिबार बेलुकी ९ बजेसम्म बैकल्पिक सरकार नबने शुक्रबार सबेरै नेकपा एमालेले सरकारको दाबी गर्ने तयारी पुरा गरिएको छ ।
संबिधानको धारा १०० को उपधारा १ बमोजिम संसदबाट कांग्रेसको मत प्राप्त गर्न नसकेपछि उपधारा २ अनुसार ओली पदमुक्त भएका थिए । २७ गते नै राष्ट्रपति बिद्यादेबी भण्डारीले संबिधानको धारा ७८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको संयुक्त सरकार निर्माण गर्न आब्हान गरेकी थिइन । यसको समयसीमा भोली बिहिबार साँझ ९ बजे सकिदै छ । यो समय सीमाभित्र बैकल्पिक सरकार बनाउन प्रतिपक्ष दलहरु लगभग असफल हुने देखिएको छ ।
मधेशबादी दल राजपाभित्र आन्तरिक बिभाजन भएकाले प्रतिपक्ष दलहरु संबिधानको धारा ७६ को उपधारा २ अनुसारको संयुक्त सरकार बनाउन असफल बन्दै गएका हुन । राजपाको आन्तरिक फुटले संयुक्त सरकार निर्माणका लागि आवश्यक बहुमत १३६ सिट पु¥याउन प्रतिपक्षी दलहरु असफल बनेका छन् ।
हाल २७१ सदस्य कायम रहेको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको १२१, नेपाली कांग्रेसको ६३ (दुई जना निलम्बितं), नेकपा माओवादी केन्द्रको ४९(एक सभामुख), जनता समाजवादी पार्टीको ३४ (दुई जना निलम्बित), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र १/१ सांसद छन् । काँगे्रससँग बाँकी ६१, माओबादीसँग सभामुखबाहेक ४८, राजमो १, स्वतन्त्र १ र राजपा उपेन्द्र यादब समूहमा १८ साँसद गरी प्रतिपक्षसँग हाल १२९ सिट मात्र पुगेको छ । बाँकी ७ जना पु¥याउन सक्ने अबस्था देखिएको छैन ।
त्यसो त नेकपा एमालेको झलनाथ–माधब समूहको तटस्थताले पनि ओलीको बिकल्प दिन नसकेको काँग्रेसका नेताहरुको भनाई छ । नेकपा एमाले र ओलीसँग सम्बन्ध बिच्छेद गरिसकेको यो समूह न अघि न पछिको अबस्थामा उभिएको छ । यो समूहले उचित निर्णय लिए कांग्रेस नेत्तृत्वमा सरकार बन्न सक्ने झिनो आशा अझै छ । यसका लागि काँगे्रस सभापति शेरबहादुर देउवा, माओबादीका अध्यक्ष प्रचण्ड र राजपाका अध्यक्ष उपेन्द्र यादबले राजीनामा गर्न सुझाब दिएका छन् । राजीनामा गरेकाहरुलाई उपनिर्बाचनमा जिताउनेदेखि लिएर खर्चको समेत ब्यबस्था गरिदिने शर्त राखे पनि झलनाथ–माधब समूहले निर्णय गर्न सकेको छैन । यो समूहले राजीनामा गर्दा नयाँ सरकार बन्न १२७ सिट आवश्यक हुन्छ, जुन प्रतिपक्षी दलहरुले सजिलै पु¥याउन सक्छन् ।
एमालेभित्रको माधब–झलनाथ समूहले राजीनामा गर्ने संभाबना नरहेको ओली पक्षका नेता कर्ण थापा बताउँछन् । यदि यसो भएमा संबिधानको धारा ७६ को उपधारा ३ बमोजिम राष्ट्रपतिले संसदमा रहेको ठूलो दललाई सरकार बनाउन आब्हान गर्नेछिन् । संभवत भोली बेलुकी ९.३० बजेभित्रै राष्ट्रपतिले यस्तो आब्हान गर्ने छिन् । संसदमा रहेको ठूलो दलको संसदीय दलको नेताका हैसियतले नेकपा एमालेका अध्यक्ष ओली नै शुक्रबारसम्ममा प्रधानमन्त्री पुनः नियुक्त हुनेछन् । यस धारा अन्तर्गत बनेको सरकारले ३० दिनभित्रमा बिस्वासको मत लिनुपर्छ ।