ई–आर्थिक, काठमाडौं । देशव्यापी लकडाउन गर्ने सरकारको योजना नरहेको सरकारका एक मन्त्रीले स्पष्ट पारेका छन् । कोरोना भाइरसको संक्रमण फैलिएसँगै देशव्यापी लकडाउनको आशंका गरिरहेको समयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त कुरा बताएका हुन ।
नेकपा एमाले १०औं महाअधिवेशन आयोजक कमिटीको तेस्रो बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुरा बताएका हुन । हटस्पटमा अलग्गै लकडाउन हुनसक्ने तर देशव्यापी लकडान तत्काल नगरिने स्पष्ट पारे ।
बैठकमा शनिवार बसेको कोभिड मेनेजमेन्ट किमिटीको बैठकका निष्कर्ष जानकारी गराइएको थियो । बैठकमा कोरोना भाइरसको डबल म्यूटेन देखिएको र तेस्रो पनि आशङ्का गरिएको जानकारी दिइएको थियो ।
हिजोको बैठकमा अक्सिजन प्लान्ट विस्तार र औषधिको व्यबस्था गर्ने बारे छलफल भएको र सोही अनुसार पार्टी कमिटीलाइ पनि कोभिडविरूद्ध परिचालन गर्ने आजको बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।