२०८३ साउन ९ शनिबार

कमलादीमा पहेलो धातु र पेस्तोल बरामद प्रकरणमा मुछिएका दरबारमार्गका डीएसपी दाहाल जिम्मेवारीमुक्त

ई आर्थिक    बिहिबार, साउन १५ २०७७
5.6K
Shares
कमलादीमा पहेलो धातु र पेस्तोल बरामद प्रकरणमा मुछिएका दरबारमार्गका डीएसपी दाहाल जिम्मेवारीमुक्त

ई–आर्थिक, काठमाडौं । कमलादीबाट शंकास्पद तबरबाट बरामद भएको १५ किलो सुन (पहँलो धातु) प्रकरणका कारण काठमाडौं महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारी मुक्त गरिएको छ ।

सो प्रकरणमा मुछिएपछि डीएसपी दाहाललाई छानविनका लागि भन्दै महानगरीय प्रहरी वृत्त दरवारमार्गको नेतृत्वबाट हटाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दरबारमार्गको डीएसपीमा अहिले रामशरण पौडेललाई पठाइएको छ ।यो घटनामा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही देखिएको प्रहरी प्रधान कार्यालय स्रोत नक्सालले जानकारी दिएको छ ।

प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान डीएसपीको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

सो घटनामा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालले घटनास्थलसमेत परिवर्तन गरेर माथिल्लो निकायलाई गुमराहमा राखेको पाइएको समिति स्रोतले जानकारी दिएको छ । यसमा उनी एक्लै संलग्न हुन् वा अन्य पनि छन् भन्ने विषय खुलिसकेको छैन । यद्यपी अनुसन्धान भइरहेको सो स्रोतले उल्लेख गरेको छ ।

केही दिन अघि मात्र कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको सो कार्यालयले उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij